२५ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि ‘श्रमाधान’ मेला सुरु हुदैँछ ।
प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान रोजगार मेला हुदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज देखि सुर्खेतमा मेला सञ्चालन हुने भएको हो ।
रोजगारदाता र कामको खोजीमा रहेका श्रमिक बीच भेट गराउनेु मेलाको मुख्य उद्देश्य रहेको छ । रोजगारीका अवसर सिर्जना गर्नु, सीप विकास प्रवद्र्धन गर्नु, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, युवा सशक्तीकरण गर्नु र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नु मेलाको उद्देश्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाएका थिए ।
Advertisement
मेलामा ४० वटा निजी क्षेत्रका स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नेछन् ।
१७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन हुँदै आएको छ
टिप्पणीहरू