२६ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २२ रनको चुनौती दिएको थियो । उक्त चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।
Advertisement
यो जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।
आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स खेल्दैछन ।
Advertisement
हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
टिप्पणीहरू