२२ बैशाख, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने विषयमा आफू लागिपर्ने बताएका छन् ।
मिडिया काउन्सिल लगायतका मिडिया सँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने मन्त्री गिरीले बताए । उनले राज्यले श्रमजीवि पत्रकार ऐन बनाएपनि कार्यान्वयन नभएको बताउदै कार्यान्वयन गर्न भएको कमिको विषयमा आफुतर्फबाट पहल गर्ने बताएका छन ।
Advertisement
उनले भने, ‘श्रमजीवि पत्रकार ऐन बन्यो । कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो ? यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु ।’
उनले थप भने, ‘अब मिडिया काउन्सिल विधेयकको कुरा छ । यसको अलवा मिडियासँग सम्बन्धित ५/६ वटा विधेयकहरू छन् ।’
Advertisement
उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरु सँगै महत्वपूणर् योगदान पुर्याएको बताउदैँ त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो रहेको औंल्याए ।
उनले भने, ‘नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिडियाको योगदान धेरै ठूलो छ । राजनीतिक दलसँगसँगै मिडियाहरुको भूमिका त्यो भन्दा बढी ओजपूणर् छ । यसलाई संस्थागत बनाएर लैजाने दायित्व पनि हामी सबैको हो । अब मिडिया क्षेत्रका लागेका साथीहरुको न्युनतम पारिश्रमिक अव रिभ्यु हुनुपर्यो । त्यसका लागि केही कामहरू भएका छन् । न्युनतम पारिश्रमिकको स्केल बढाउने कुरामा मैले पनि मेरो ठाउँबाट गर्ने योगदान गर्नेछु । त्यसका लागि म पनि गम्भिरतापूर्वक लाग्नेछु ।’
टिप्पणीहरू