Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सातौँ प्रादेशिक महोत्सवमा आज गायिका ज्योती मगर आउदैँ

    ७ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालित प्रादेशिक महोत्सवमा आज चर्तित गायिका ज्योती मगरको प्रस्तुति रह्नेछ ।

    नेपालगञ्ज वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन ज्योती मगरको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    Advertisement

    मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको दोस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

    ज्याती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् ।

    Advertisement

    नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

    चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत्र १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

    Advertisement

    तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »