Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दोहोरो कर तिर्दैनौ भन्दै ई-रिक्सा चालकले बुझाए कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र

    ६ चैत्र, बाँके । कोहलपुर नगरपालिकामा संचालित ई-रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गर्दै शान्तिपुणर् आन्दोलनमा उत्रिएका छन् । लामो समयसम्म नगरले उनीहरुको मागलाई सम्बोधन नगर्दा शान्तिपुणर् रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

    दोहोरो कर र दोहोरो विलुबुकले मारमा परेको हुनाले आफुहरुलाई स्थानीय तहमा मात्र दर्ता र कर तिर्ने वातावरण मिलाउन माग गर्दै सोमवार उनीहरु कोहलपुरको भेला भै शान्तिपुणर् आन्दोलन गरेका छन् । दोहोरो करले आफुहरुलाई अन्याय भयो भन्दै उनीहरुले सडकमा उत्रिएका हुन् । दुई दुई ठाउँमा दर्ता गर्दा पनि हामीलाई सुख नभएको ई-रिक्सा चालक मेघनाथ काफ्लेले बताए ।

    Advertisement

    कोहलपुरमा सञ्चालित ई-रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई-रिक्सा व्यवस्थापनको माग गर्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

    कोहलपुरमा संचालित अटोरिक्सा कार्यविधि अनुसार संचालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई-रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताए । कोहलपुरमा संचालित ईरिक्साहरु नगरपालिकामा मात्र दर्ता भै संचालन गर्न दवाव मुलक ज्ञापन पत्र बुझाएको अध्यक्ष मल्लले बताए ।

    Advertisement

    ई-रिक्सा चालकले अरुबाट हेपहा हुदाँ हुँदा पनि सेवा प्रदान गर्दै आएको उनले भने । आपतको समयमा ई रिक्साले एम्बुलेन्सको समेत काम गरेको उनले बताए । दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यस तर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले बताए । एक जिल्ला वा अन्य पालिकामा सवारी बोकेर जाँदा आवतजावतमा समस्या निम्त्याउने गरेको कोहलपुर यातायात सेवा प्रालिका अध्यक्ष भुम बहादुर घर्तिमगरले बताए । दुई-दुई वटा विलुबुक किन बोक्ने भन्दै यसलाई कार्यविधिबाटै सच्चाउन अध्यक्ष घर्तिमगरले माग गरे ।

    कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले ई-रिक्सा चालकहरुले समस्या पर्दा नै आफुकहा आएको हुनाले यसबारे सकरात्मक रहेको बताइन । नगरले पनि कार्यविधि तयार गरेको छ यस बारे हामीले यातायातसंग सहकार्य गरि केही दिनभित्रै कार्यन्वय हुने कार्य लागु गरिने उपमेयर सुवेदीले बताइन ।

    Advertisement

    उनले भनिन्, ‘ई-रिक्सा चालकले दर्ता गरि मात्र सवारी साधन चलाउनु पर्ने जस्ता विधि तयार भएको छ सोही अनुसार चालकले नगरपालिकामा दर्ता गरि रिक्सा चलाउदा आफुलाई पनि सहज र सुरक्षित हुनेछ ।’

    रिक्साको विषयमा नीति बनेको छ त्यही आधारमा कडाईका साथ अगाडी लैजाने र व्यवस्थापन गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रित बनेको बनले बताइन ।

    Advertisement

    जिल्ला ट्राफिक कार्यालय बाँकेले भने अटो रिक्साको लाइसेन्स, विलबुक नियमित चेकजाँच गरिनुका साथै रिक्साको दाहिने साइडमा रड हाल्न लगाउने कार्य भैरहेको जनाएको छ । अटो रिक्सा व्यवस्थापनका लागि नियमित चेकजाँच गरिनुका साथै दर्ता गराउन अनुरोध गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताए ।

    चारैतिर चेकजाँच गर्न जनशक्तिको अभावले सम्भव नभएको उनले बताए । हाल कोहलपुरमा करिब ६ सय अटो रिक्सा संचालनमा रहेका छन जसमध्ये बढिमा १ सय ५० रिक्सा नगरपालिकामा दर्ता रहेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »