Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुन मिश्रित वस्त्र सहित भारतीय नागरिक पक्राउ

    ११ फाल्गुन, काठमाडौँ । सुन मिश्रित वस्त्र सहित त्रिभुवन अन्तराष्ट्रिय एयरर्पोटमा भारतीय नागरिक पक्राउ परेका छन ।

    बिहीबार सुराकीले दिएको विशेष सुराकीको आधारमा ईण्डिगो एयरलाईन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाण्डौ आगमन भएका भारतीय नागरिक ३५ वर्षिय मोहम्मद जिसानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिईएको हो ।

    Advertisement

    उनलाई चेकजाँच गर्दा निलो रंगको जिन्स पाईन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्त्रमा सुन जस्तो देखिने पंहेलो रंगको लेपनर पेष्ट गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी प्रशासनले जनाएको हो ।

    उक्त कपडाहरुको तौल गर्दा अन्दाजी २२१० ग्राम भएकोले आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »