३० मंसिर, जाजरकोट । हालै कार्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहित श्रम सहयोग गरिएको छ ।
सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १ पिपे र ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिकामा राहत सामग्री सहित श्रम सहयोग गरीएको हो ।
Advertisement
भेरी नगरपालिका १ का पिडित घरपरिवारलाई बाप्टिष्ट मेडिकल एण्ड डेन्टल मिसन ईन्टरनेशनलको सहयोगमा ५० घरधुरीलाई घर पुर्ननिर्माणमा चाहिने अत्यावश्यक ४ सय ६० थान जस्ता पाता र पाँच बर्ष मुनीका बालबालिका तथा जेष्ठ नागरीक, एकल तथा सुत्केरी महिला गरी ६ सय ७० जनालाई न्यानो कपडा सहकर्मी समाज नेपालको सहकार्य र समन्वयमा राहात स्वरुप सहयोग उपलब्ध गराईएको सहकर्मी समाज नेपालका संस्थागत बिकास अधिकृत नेत्र नारायण रेग्मीले जानकारी गराए ।
यस्तै, कैलालिको टिकापुर नगरपालिका भित्रका टोल बिकास संस्था र समावेशी बिकास समाज कञ्चनपुरको सहयोगमा खाद्यान्न उपलब्ध गराईएको छ । टिकापुर नगरपालिका कैलालिको आदर्श टोल बिकास संस्था, कालिका टोल बिकास संस्था, ओजुक ताल टोल बिकास संस्था, शिबशक्ति टोल बिकास संस्था, सिर्जनशिल टोल बिकास संस्था र समाबेशी बिकास समाज कञ्चनपुरले १४ क्विन्टल चामल, ५६ किलो दाल, ५६ लिटर खाने तेल उपलब्ध गरार्र्ईएको आदर्श टोल बिकास संस्था टिकापुरका अध्यक्ष बासुदेव कोईरालाले जानकारी दिए । कैलालिको टिकापुर नगरपालिका भित्रका टोल बिकास संस्थाहरु मिलेर ८० हजार ५ सय ४४ रुपैया बराबरको राहत सामाग्री उपलब्ध गराईएको आदर्श टोल बिकास संस्था टिकापुरका सदस्य गोविन्द कोईरालाले जानकारी दिए ।
Advertisement
उक्त राहात सहयोगबाट भेरी नगरपालिका वडा नं. १ का भूकम्पबाट अति प्रभावित ३२ घरधुरीलाई सहयोग पुगेको कालिका टोल बिकास संस्था टिकापुरका सचिब बल बहादुर बुढाले बताए ।
उक्त क्षेत्र भुकम्पबाट अतिप्रभाबित क्षेत्र भएकोले राहात स्वरुप जस्तापाता, न्यानो कपडा र खाद्यान्न सहयोग गरीएको र भुकम्पबाट भत्किएका घरहरुका ढुङ्गा र काठ सामाग्रीहरुको व्यवस्थापनका लागी श्रम सहयोग पनि गरीएको सहकर्मीै समाज नेपालका संस्थागत बिकास अधिकृत रेग्मीले बताए । भूकम्पबाट अति प्रभावित क्षेत्रमा सहकर्मि समाज नेपाल तथा फास्टन एक्सनको सहकार्यमा बिभिन्न संघसंस्थाले श्रम सहयोग गरेका छन ।
Advertisement
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आएको भूकम्पमा परि १ सय ५३ जनाले ज्यान गुमाएका थिए । त्यसमध्य जाजरकोटको भेरी नगरपालिका वडा नं. १ मा ३१ जनाले ज्यान गुमाएका थिए । जाजरकोटको सदरमुकाम भित्रकै वस्ती भए पनि यो वडा बिकास र आर्थिक रुपमा निकै पिछडिएको वडा भएको स्थानियको गुनासो छ । उक्त क्षेत्रमा भत्किएका घरहरु व्यबस्थापन गर्न स्थानीयलाई सकस हुने भएकोले सहकर्मि समाजको सहकार्यमा फास्टन एक्सनले श्रम शिविर चलाएको हो ।
यस्तै जाजरकोटको भेरी नगरपालिका वडा नं.४ मा पनि श्रम शिबिर संचालन गरीएको छ । सहकर्मी समाज नेपालको सहकार्यमा त्रिबेणी बिकास समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, थारु सामुदायीक बिकास समाज बर्दिया र खानेपानी मिस्त्री उपभोक्ता सहकारी संस्था लि. बाँकेद्धारा भेरी नगरपालिका वडा नं. ४ को राना गाँउमा श्रम शिबिर संचालन गरीएको हो ।
Advertisement
भुकम्पले भत्किएका र चर्किएका राना गाँउका धेरै जसो घरहरुका सामान ब्यबस्थापनको लागी सहयोग स्वरुप श्रम शिबिर संचालन गरीएको त्रिबेणि बिकास समाजका कार्यकारी ब्यबस्थापक पतिराम थारुले बताए । ‘करिब १० दिनको श्रम सहयोगबाट धेरै पिडित परिवारको घाउमा अलिकति भएपनि मलम बन्ने प्रयास गर्नेछौं’ थारुले भने ।
राना गाँउका प्राय स्थानीयहरु चर्किएको घर भत्किने त्रासले नजिकैको बिद्यालयमा त्रिपाल मुनि बास बसिरहेका छन् । राना गाँउका प्राय ज्याला मजदुरी र रोजगरीको शिलशिलामा भारत गएर जिबिको पार्जन गर्ने गर्दछन् तर भुकम्प पश्चात रोजगारी समेत गुमेको छ ।
यस्तै रुकुम पश्चिमको सानोभेरी गाँउपालिकामा पनि श्रम सहयोग गरी भुकम्प प्रभाबित घरहरु पुर्ननिर्माण गर्न सहकर्मी समाज नेपालको सहकार्यमा जनजागरण समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, त्रिबेणि बिकास समाज बर्दियाद्धारा श्रम सहयोग गरीएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभाबितको पुनस्र्थापनाका लागि क्षति भएका घर तथा संरचनाहरुको पुनर्निमाणमा सीप तथा श्रम सहयोग गर्न सहकर्मि समाज नेपाल सहित बिभिन्न संघसंस्थाका कारिब ४६ जना स्बंमसेवक परिचालन गरीएको छ ।
भूकम्पले घरबारविहीन भई त्रिपाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सर्ने हो टुंगो समेत हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन सकेको छैन । भूकम्पबाट जोगिएका स्थानियहरु अझै पनि त्रासमा छन् ।


















टिप्पणीहरू