Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि पहल

    २५ मंसिर, काठमाडौँ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानी सँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    कतारको राजधानी दोहामा उनीहरु बीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

    Advertisement

    भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेका सचिवालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री साउदले हमास सँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपाल बीचको जनस्तर लगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्य सँग नेपाल सरकारले उच्च आशा गरेको बताएका छन् ।

    Advertisement

    परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानी सँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत संवाद गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »