Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सवारी दुर्घटना न्युनिकरणमा चालकको ठूलो भुमिका : राजेशनाथ बास्तोला

    २५ मंसिर, सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका- स्थित बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ‘सडक सुरक्षा, चासो र हाम्रो भुमिका’ सचेतना एवं अभियान कार्यक्रमको शुभारम्भ गरेको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा यातायात मजदुर सम्बद्ध संस्थाहरु, सुरक्षा निकायका प्रमुखहरु तथा सवारी चालक, सह-चालकहरुको सहभगिता रहेको थियो ।

    Advertisement

    ‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न भएको सचेतना एवं अभियान कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले सवारी दुर्घटना न्युनिकरणमा सबैभन्दा महत्वपुणर् भुमिका चालकको रहने हुँदा सबैको साथ र सहयोगले मात्र सवारी दुर्घटना न्युनिकरण गर्न सकिने बताएका छन । उनले यो सचेतना अभियानमा नेपाल प्रहरीको सदैव साथ र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »