Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सडकबत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउन अर्थ मन्त्रालयको निर्देशन

    १७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउन निर्देशन दिएको छ ।

    मन्त्रालयको गत २२ कात्तिकको निणर्यबाट सडक बत्ती सहित विभिन्न सरकारी निकायबाट नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो ।

    Advertisement

    सरकारी कार्यालय मध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । देशभर कूल तीन सय ३१ पालिकाको गत असार सम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब आठ करोड बराबर छ ।

    प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनःसंरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »