१७ मंसिर, काठमाडौँ । आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट हुनेभएको छ । नेपाल वायु सेवा निगमले अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ ।
निगमले आफ्ना हरेक आन्तरिक उडानमा शुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निणर्य गरेको हो ।
Advertisement
‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निणर्य गरिएको छ’, निगमले भनेको छ ।
यो सुविधाको लाभ लिनको लागि यात्रुले सक्कल परिचयपत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमले जनाएको छ ।
टिप्पणीहरू