८ मंसिर, काठमाडौँ । इजरायल र हमास बीचको युद्धविराम आजदेखि लागू हुने भएको छ ।
इजरेल र हमास बीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ । कतारले इजरायल र हमास बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
Advertisement
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार हमासले बन्धक बनाएका मध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।
टिप्पणीहरू