Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन सकेन : केपी ओली

    १५ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।

    काठमाडौंका आर्ट काउन्सिलमा मंगलवार भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    Advertisement

    उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए । उनले नेपालीहरू लामो समयसम्म हातमुख जोड्न नै लागिपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।

    उनले भने, ‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन । राण शासन र त्यो भन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन । राणा गए, अब अरु शासन चाहीँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यस भन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरुको कारणले हो । जे होस् हामी पछि पर्‍यौँ । पछाडि पारिएको हुनाले पछि पर्‍यौँ । वाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सिमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।’

    Advertisement

    अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको तर्क गरे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »