वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले यसको विस्तार पनि अति छिटो हुन्छ । फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ । मौसमी रुघाखोकी अर्थात एभियन इन्फ्लुएन्जा ‘ए’, ‘बी’,‘सी’,‘डी’ गरी चार प्रकारको हुन्छ । तर मुख्य रुपमा महामारी चाहीं ‘ए’ र ‘बी’ भाइरसको कारणले हुन्छ। यो भाइरस वा यसको संक्रमण एकदेखि दुई हप्तासम्म रहन्छ ।
कसरी सर्छः नाक, मुख तथा श्वासप्रश्वास नलीबाट निस्कने शुक्ष्म भाइरस एकबाट अर्को व्यक्तिमा अति छिटो सर्छ । रुघाखोकी वा इन्फ्लुएन्जा भाइरसबाट संक्रमित व्यक्तिसँगको लसपस, श्वासप्रश्वास, हाच्छिउँ गर्दा निस्कने र्याल, सिंगानका छिटा, संक्रमितले प्रयोग गरेका सरसमानका कारण स्वच्छ व्यक्तिमा सर्न सक्छ ।
Advertisement
चिन्ह र लक्षणहरु
- टाउको-शरीर दुख्नु,
- नाकबाट पानी-सिंगान बग्नु,
- नाक बन्द हुनु,
- घाममा हेर्न नसक्नु,
- घाँटी दुख्नुु/खसखस हुनु,
- ज्वरो आउनु,
- वाकवाकी-पखाला लाग्न सक्छ ।
रोकथाम
- संक्रमित व्यक्तिलाई अरु स्वस्थ व्यक्तिबाट अलग राख्ने,
- उमालेको तातो पानी प्रशस्त (दिनमा २ देखि ३ लिटरसम्म) खाने,
- तातो पानीमा कागतीको रस, ज्वानो, बेसार, अदुवाको रस राखेर खाने,
- झोलिलो खानेकुरा खाने,
- न्यानो लुगा लगाउने र आराम गर्ने,
- संक्रमित वा विरामीले प्रयोग गरेका रुमाल, कपडालगायतका सरसामान राम्ररी सफा गर्ने,
- भीडभाडमा नजाने/नबस्ने,
- हरियो तरकारी, सागपात, गेडागुडीको रस, दूध, माछामासु, फलफूल खाने, इन्फ्लुएन्जा खोप लगाउनु वाञ्छनीय हुन्छ । तर खोप
- चिसो मौसम सुरु हुनुभन्दा ३ महिना पहिले नै लगाउनुपर्छ ।
उपचार
रुघाखोकी अर्थात् इन्फ्लुएन्जा भाइरसबाट उत्पन्न हुने हुँदा यसको खास उपचार छैन। केवल लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै कपाल, शरीर दुखेमा सिटामोल, जल वियोजन भएमा पुनर्जलीय झोल दिइन्छ ।
रुघाखोकीलाई लापरबाही गर्नुहुँदैन । लापरबाही गरेमा यसबाट निमोनिया जस्तो जटिल समस्या उत्पन्न भई दीर्घरोगी अथवा मृत्युसमेत हुन सक्छ। त्यसकारण श्वासप्रश्वासमा जटिल समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा देखाइहाल्नुपर्छ । तर डिकोल्ड, कोल्डारिन, एनासिनलगायतका कुनै औषधि खानुहुँदैन । यस्ता औषधि हानिकारक छन् ।
टिप्पणीहरू