अजय पाठक
५ असोज, बाँके । बाँकेको डुडुवा स्थित रहेको एक बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन ।
Advertisement
गए राति डुडुवा गाँउपालिका-६ आसमानपुर नजिकै रहेको जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दी बीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । उनीहरु बीच भएको तोडफोड र झडपमा परी एक जनाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ । प्रहरी अनुसार ११ जना गम्भिर घाइते भएका छन ।
प्रहरी प्रमुख उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार मृत्यु हुनेमा १८ बर्षिय सुलभ केसी रहेका छन । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।
Advertisement
बाल सुधार गृहमा रहेका दुई पक्षिय बीच झडप भएको थियो । जसका कारण रातभर तनावपूणर् माहोल बनेको थियो । उनीहरुले झ्यालमा रहेका सिफा फुटाएका छन भने सुरक्षामा खटिएकाहरु मथि ढुगां समेत प्रहार गरेका छन । अहिले पनि उनीहरु गृहमा नारावाजी गरी रहेका छन । त्यहाँको अवस्था सामान्य बनाउन सबै पक्षबाट प्रयास जारी रहेको छ ।
यतिबेला त्यहा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त बाल सुधार गृहमा ३०० जना रहेका छन ।

















टिप्पणीहरू