Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्व.पन्नालाल गुप्तको ९५औं जन्मजयन्ती मनाईयो, सामाजिक संजाल चुनौती बन्दै

    २८ भदौ, बाँके । बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् ।

    बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताएका हुन् ।

    Advertisement

    महेन्द्र पुस्तकालय नेपालगन्जको समन्वयमा नेपाल प्रेस युनियन बाँके वरिष्ठ पत्रकार स्व.पन्नालाल गुप्त प्रतिष्ठानको आयोजनामा पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले वर्तमान पत्रकारिताको क्षेत्रमा वौद्धिक चोरी बढी हुने गरेको बताए ।
    उनले वर्तमान अवस्थाको पत्रकारिता सम्बन्धित विषयभन्दा बाहिर रहेको र समाजले के खोजेको त्यसतर्फ कमै समाचारहरु प्रकाशित भइरहेको बताए ।

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले आम जनताले समाचारभन्दा पहिला सामाजिक संजालमार्फत् पहिला सूचना पाउने गरेको बताए ।

    Advertisement

    उनले वर्तमान अवस्थामा समाचार प्रवाहका अनलाइन मिडिया धेरै खुोलएका तर उनीहरुको निरन्तरता र क्रियाशिलता कम मएको बताउँदै पत्रकारले पनि सामाजिक संजाललाई स्रोत बनाएर समाचार बनाउने गरेको बताए ।

    चौलागाईले वर्तमान अवस्थामा पत्रकार र भिडिया क्षेत्रको संख्या हेर्दा आफू अचम्मित भएको बताउँदै समाजले खोजेका समाचार खेल्नेतर्फ पत्रकारहरुको ध्यान नपूगेको बताए ।

    Advertisement

    कार्यक्रममा प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीले पत्रकारको संख्या सयौंमा रहेको तर यसबाटै जिविकोपार्जन गर्ने पत्रकारहरुकोे वास्तविक संख्या धेरै कम भएको बताए ।

    उनीहरूले वर्तमान समयमा हुवहु नकल गर्ने, नामको मात्रै पत्रकार बन्ने र सक्रिय पत्रकारहरु क्षेत्रलाई जोखिममा पार्ने काम भइरहेको बताए ।

    Advertisement

    कार्यक्रममा पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य शिव डाेटेल, बाँके शाखा अध्यक्ष दुर्गा राेकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार महासंघ बाँके सचिव कमल डाँगी, सञ्चारिका समूह नेपालका अध्यक्ष रूपनी जिएम, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी लगायतले पत्रकारले समाचारभन्दा फेसबुकमा स्टाटस् बढी लेख्ने गरेको बताए ।

    उनीहरुले पत्रकारले आफ्नो आचारसहिंताभित्र रहेर समाचार लेखेको खण्डमा कसैले केही गर्न नसक्ने बताए । यसैगरी कार्यक्रममा बोल्ने वत्ताहरुले स्व.पन्नालाल गुप्त बाँकेमा पत्रकारिताको बाटो देखाउने व्यक्ति रहेको जिकिर गरेका थिए ।

    उनीहरुले स्व.गुप्तकाे जीवन सादगी र मेहेनती रहेको बताउँदै आजकाे पुस्ताले उनको जीवनीलाई अंगाल्न सक्नुपर्ने बताए । उनीहरुले स्व.गुप्तका बारेमा जति चर्चा गरे पनि कमै रहने बताउँदै बाँकेका लागि उनी जिवन्त व्यक्तित्व रहेको बताएका थिए ।

    स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले स्वागत गर्नुभएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, पत्रकार महासंंघ लुम्बिनी प्रदेश सदस्य माेहम्मद आरिफ अन्सारी, प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष डक्ट धिताल, क्रियाशील महिला पत्रकार समूह बाँके उपाध्यक्ष करूणा शाह लगायकाे उपस्थिति रहेकाे कार्यक्रमलाई युनियन बाँके सचिव भीष्म लाेधले संचालन गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »