Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साझा प्रजातान्त्रिक समूहलाई जिताउन महिला समूह प्रचारप्रसारमा जुटे

    २९ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचार प्रसारमा जुटेको छ । यही भदौ २ गते हुने निर्वाचनमा ललित कुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेको हो ।

    सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा सहभागितालाई अर्थपुर्ण मानेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बहुमत मतदानको आग्रहसहित बिजयी बनाउन सुनिला बरालको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।

    Advertisement

    यो अभियान बिभिन्न क्षेत्रमा रहेका मतदाताहरुको घरदैलोमा पुग्ने जनाइएको छ । निर्वाचन नजिकिएसंगै प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा लागेर हामीले घरदैलो अभियान शुरु गरेको अभियानकी नेतृत्वकर्ता बरालले जानकारी दिए ।

    यो पटक प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भन्ने उद्देश्यले शुरु गरिएको अभियानका क्रममा भेटेका मतदाताहरुमा समेत प्रजातान्त्रिक समूहलाई समर्थन रहेको देखिएको नेतृत्वकर्ता बरालको भनाई छ ।

    Advertisement

    ‘हामीले मतदाताहरुको घरदैलोमा गएर उहाँलाई प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भनिरहेका छौं,’ नेतृत्वकर्ता बरालले भन्नुभयो, ‘भेटमा मतदाताहरुले नेतृत्वदायी क्षमताका उम्मेदवार यही समूहमा रहेको र यो पटक जिताउनुपर्छ भनेर पनि धेरैले समर्थन जनाएका छन् ।’

    संघको निर्वाचनको समय अब केही दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचनलाई लिएर मतदाताहरुको चासों बढ्न थालेको छ । संघको नेतृत्वमा यो पटक केही परिवर्तन ल्याउनुपर्छ भन्ने मतदाताहरुको बुझाई रहेको पनि घरदैलो मार्फत बुझिएको प्रजातान्त्रिक समूहबाट सदस्य पदका उम्मेदवार सुनिल भण्डारीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »