Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समूहमा बिभाजन गरेर प्रचारप्रसारलाई तीब्र बनाउदै साझा प्रजातान्त्रिक

    २९ साउन, बाँके । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ । ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका बिभिन्न क्षेत्रमा सोमबार मतदाता भेटघाट गरिएको हो ।

    तीन समूहमा बिभाजन भएर संचालन गरिएको मतदाता भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवारलाई स्वागत समेत गरेका छन् । उम्मेदवारसम्मिलित समूहले सोमबार कारकाँदो क्षेत्र, पुष्पलाल चोक, घरवारीटोल, धम्बोझी क्षेत्रमा मतदातासंग भेटघाट गर्दै मत मागेको छ ।

    Advertisement

    निर्वाचनको मिति नजिकिएसंगै प्रचार प्रसारमा तिब्रता दिएको प्रजातान्त्रिक समूहका उम्मेदवारले मतदाताबाट राम्रो प्रतिक्रिया मिलिरहेको महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा योगीले बताइन । मतदाताहरुको भेटमा उहाँहरुले आत्मियता प्रदान गर्नुभएको योगीको भनाई छ ।

    प्रजातान्त्रिक समूहले दैनिक संघको सम्पूर्ण मतदाताहरुको घरमा पुगिरहेको छ । हाम्रो तर्फबाट सम्पूर्ण मतदाताहरुको घरदैलोमा पुग्ने योजनाअनुसार मतदाता भेटघाट कार्यक्रम चलिरहेको सदस्य पदका उम्मेदवार युवराज ढकालले जानकारी दिए ।

    Advertisement

    नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही भाद्र २ गते निर्वाचनको मिति तोकिएको छ । यस क्रममा नेतृत्वका लागि उम्मेदवार बनेका व्यक्तिहरु मत माग्न मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »