Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साझा प्रजातान्त्रिक समूहलाई खजुराका उद्योगी व्यवसायीको साथ

    २८ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिक्दै गर्दा साझा प्रजातान्त्रिक समूहले बहुमत आफ्नो पक्षमा पार्न बाँकेका स्थानीय तहमा कसरत गरिरहेको छ ।

    यति बेला साझा प्रजातान्त्रिक समूह बाँकेका आठ वटै पालिकामा उद्योगी ब्यवसायीहरु संग भेटघाट गर्दै उनीहरुको समस्या बुझिरहेकाे छ ।

    Advertisement

    चुनाव लक्षित अभियान क्रममा खजुरा गाँउपालिका पुगेको ललित कुमार नेतृत्वको समूहलाई त्यहाँका उद्योगी व्यवसायीले आफुहरुको साथ र सहयोग रह्ने प्रतिबद्धता जनाएका छन ।

    खजुरा बजारमा भट्ट किराना पसलका संचालक निरज भट्टले रौनियार नेतृत्वको प्यानललाई खादा ओढाएर जितको अग्रिम शुभकामना समेत दिईसकेका छन ।

    Advertisement

    उनले भने, ‘म लगायत यहाँका अन्य व्यवसायीहरु यस पटक ललित रौनियार नेतृत्वको समूहलाई विजयी गराउने सल्लाह रहेक छाैं । यहाँहरुलाई जितको अग्रिम शुभकामना छ ।’

    यस्तै, व्यवसायी रमजानले पनि आफुहरु यसै समूह प्रति सकारत्मक रहेको बताएका छन । उनले यस समूहकाे जित पक्का रहकाे बताए ।

    Advertisement

    साझा प्रजातान्त्रिक समूहको चुनावी अभियान क्रममा व्यवसायी मुबारक शेषले परिवर्तनका लागि मत परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरेका छन । उनले भने, ‘हामी यस समूह भन्दा बाहिर गएर अन्यलाई मत दिने छैनौं ।’ उनले अबको नेतृत्व साझा प्रजातान्त्रिक कै रह्ने जिकिर गरेका छन ।

    संघको निर्वाचन आगामी भदौ २ गतेका लागि तोकिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »