१८ साउन, बाँके । नेपालगञ्ज उद्योग वाण्ज्यि संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले बिहीबार एक कार्यक्रम मार्फत ललित कुमार रौनियार नेतृत्वको प्यानललाई सार्वजनिक गरेको हो ।
Advertisement
संघको आसन्न भाद्र २ गते हुने निर्वाचनमा रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानलको उम्मेदवारी घोषणा गरिएको निर्वाचन परिचालन समितिका संयोजक संजय थापाले जानकारी दिए ।
रौनियार नेतृत्वमा उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ (वाण्ज्यि), मो. सफिक बेहना (उद्योग), करिस्मा योगी (महिला), महासचिवमा टंक प्रसाद शर्मा, उपमहासचिवमा टेक बहादुर खड्का, कोषाध्यक्षमा मख्खन बहादुर धामी, सदस्यमा शिव प्रसाद दाहाल, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, यूराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता हल्वाई (भाईजी), बल बहादुर विष्ट (बबी), प्रदीप कुमार गुप्ता, पुरुषोत्तम अग्रवाल रहेका छन ।
















टिप्पणीहरू