संजय कुशवाहा
१८ साउन, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बिहीबार दिउँसो करिब साढे ३ बजेको समयमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा बिगत २ बर्ष देखी पुजारीको काम गर्ने सोही ठाउँ बस्ने वर्ष करिब ५० वर्षिय जयसराज पाण्डेलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटेर घाईते बनाएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरे लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Advertisement
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. बेलासपुर र इलाका प्रहरी कार्यालय महेशपुरबाट टोलीले घाईते पुजारीलाई उपचारको लागी जिल्ला अस्पताल परासीमा पठाएको छ ।
चक्कुबाट घाइते बोल्न नसक्ने अवस्था मध्यम उपचारमा आफन्त संलग्न रहेका छन् । चक्कु प्रहार गर्ने मानिसको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
















टिप्पणीहरू