Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आदर्श माविका शिक्षक रेग्मी जलेको अवस्थामा भेटिए

    २३ जेठ, बाँके । नेपालगञ्ज २० स्थित आदर्श मा.वि राँझाका शिक्षक जलेको अवस्थामा फेला परेका छन ।

    महेन्द्र बहुमुखी क्याम्पसका लेक्चरर समेत रहेका नेपालगञ्ज १८ बिशाल चोक निवासी रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा फेला परेका प्रहरीले जनाएको हो ।

    Advertisement

    परिवारका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा मिटिङ्गका लागि घरबाट निस्किएका उनको मंगलबार बिहान जंगलमा शव जलेको अवस्थामा फेला परेको हो । राप्तीसोनारी गाँउपालिका ढकेरी नजिकै भालुखोला जंगलमा रेग्मी फेला परेको हो । पूर्वपश्चिम राजमार्गको दक्षिण तर्फ शव फेला परेको प्रहरीले जनाएको हो ।

    परिवारका सदस्य अनुसार सोमबार राती १० बजेको समयमा ४२ वर्षिय रेग्मीको मोबाईल बन्द देखाए पछि खोजी कार्य तिब्र पारिएको थियो ।

    Advertisement

    घरबाट भे.६.प. ८२२४ नम्बरको मोटरसाइकमा निस्किएका रेग्मीको मोटरसाइकल राजमार्गको छेउमा पार्किङ्ग गरेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त घटना बारे थप अनुसन्धान भइरहेको छ । घटना आत्माहत्या वा हत्या गरिएको विषयमा अझै स्पष्ट नभएको प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौले जानकारी दिए ।

    उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । जंगलमा घाँस काट्ने क्रममा महिलाहरुले शव देखेका थिए । प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    घटना बारे पोष्टमाटमको रिर्पोट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको हो ।

    शिक्षक रेग्मीको शरीर जलेको अवस्थामा छ । उनले लगाएको लुगा भने मोटरसाइकलकै छेउमा राखिएको छ । प्रहरीले हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »