१४ चैत, बाँके । जनमत पार्टी नगर कार्य समिति नेपालगञ्जले आफ्नो काम कार्वाही नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट अगाडि बढाउने भएको छ ।
नेपालगञ्ज ४ स्थित सल्यानी बाग नजिकै आधिकारिक रुपमा आज देखि सञ्चालन हुने गरी कार्यालयको उद्धघाटन गरिएको नगर अध्यक्ष शुभम गुप्ताले नाईल खबरलाई जानकारी दिए ।
Advertisement
उनले भने, ‘आज एक कार्यक्रम बीच नगर कार्यसमितिको काम कर्तब्यलाई सक्रिय र थप ब्यापक बनाउन कार्यालय स्थापना गरिएको हो ।’
उनले उक्त कार्यालयको उद्धघाटन क्रममा भने, ‘प्रहरी, प्रशासन, नेता वा भष्टचारीहरुबाट कुनै पनि प्रकारले पिडित रहेका आम सर्वसाधारणहरुले यहाँ सम्पर्क गर्न सक्नेछ ।’
Advertisement
अन्यायमा परेका पिडित सर्वसाधारणहरुले नगर कार्य समितिसंग सजिलै सम्पर्क गर्न सकिने र काम कार्वाही विस्तार गर्ने उद्देश्यका साथ कार्यालय उद्धघाटन गरिएको नगर अध्यक्ष गुप्ताले जानकारी दिए ।
उनले पिडितको पक्षमा उनीहरुको आवाजलाई बुलन्द गर्न जुनसुकै समय र स्थितिमा तयार र तत्पर रहेको बताए ।
टिप्पणीहरू