Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचनमा काम नलाग्ने सदस्यलाई पार्टीको अभिलेखबाट हटाउनुपर्छ : महासचिव पोखरेल

    १२ चैत, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आवधिक निर्वाचन बर्ग सङ्घर्षको महत्वपूणर् थलो भएको वताउँदै निर्वाचनमा काम नलाग्ने पार्टी सदस्य हुनु र नहुनुको कुनै अर्थ नहुने बताएका छन ।

    नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले मिसन ग्रासरुट अन्तर्गत शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनको समयमा पार्टीका लागि काम नलाग्ने सदस्यहरू पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन ।

    Advertisement

    महासचिव पोखरेलले भने, ‘अब कुनै पनि पार्टी सदस्य छ कि छैन को अवस्थामा रहनुहुँदैन, पार्टीका लागि काम नलाग्ने सदस्यलाई पार्टीको अभिलेखबाट हटाउनूस् ।’

    ‘मिसन ग्रासरुट’ पार्टीलाई सुदृढ बनाउन र विस्तार गर्नका लागि अगाडि बढाइएको विशेष अभियान भएको स्पष्ट पार्दै महासचिव पोखरेलले भने, ‘यस अभियानमा हामी पार्टीका संगठित सदस्यहरूलाई उनीहरूको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने काम गर्ने छौं । पार्टी सदस्य त छ तर पार्टी सदस्य छैन को अवस्था यो अभियानबाट अन्त्य हुने छ । जो नेकपा (एमाले) का पार्टी सदस्य हुनेछन्, उनीहरू वैचारिक, राजनीतिक र संगठनात्मक हिसावले पार्टीप्रति प्रतिबद्ध र पार्टीले बनाएका योजनाहरू कार्यान्वयन गर्ने हैसियतमा हुनेछन् । कतिपय जिल्लाहरूमा जति पार्टी सदस्यहरू छन्, निर्वाचनमा पार्टी सदस्य बराबर भोट खसेको पनि देखिँदैन । चुनावका समयमा काम नलाग्ने पार्टी सदस्यहरू राख्नुको कुनै अर्थ छ भन्ने म ठान्दिन । किन कि आजको राजनीतिमा चुनाव नै यस्तो विषय हो जसले हाम्रा नीतिहरू कार्यान्वयन गर्नका लागि भूमिका खेल्दछ ।’

    Advertisement

    उनले थप भने, ‘अघिपछि एमाले भन्ने, सरकारमा हुँदा अवसरका लागि दौडधूप गर्ने तर चुनावमा पार्टीलाई नेतृत्वमा स्थापित गर्ने बेलामा काम नलाग्ने पार्टी सदस्यको कुनै अर्थ हुँदैन ।’

    ‘नेपाली राजनीतिलाई कुन बाटोमा हिँडाउने भन्ने प्रश्न स्वाभाविक रूपमा चुनावले निरुपण गर्छ । त्यसकारण चुनाव हाम्रा लागि बर्गसङ्घर्ष, राजनीतिक सङ्घर्षको महत्वपूणर् थलोका रूपमा रहनुपर्छ,’ चर्चा गर्दै महासचिव पोखरेलले यस्तो चुनाव जस्ले समाजलाई पूँजीवादतर्फ लैजाने कि समाजवादतर्फ लैजाने भन्ने कुराको निरुपण गर्ने कुराको निक्र्यौल गर्ने निर्वाचनको महत्वलाई नबुझ्ने र त्यसमा भाग लिन नचाहने पार्टी सदस्य हुनुको अर्थ नरह्ने बताएका छन ।

    Advertisement

    नेकपा (एमाले) ले निर्वाचनका माध्यमबाट राज्यको नेतृत्व गर्ने अवसर पाउँदा मुलुक समाजवादतर्फ अगाडि बढ्ने तर नेपाली काँग्रेसले राज्य सत्ताको नेतृत्व गर्ने मौका पायो भने यही समाज पूँजीवादतर्फ लाग्ने उनको भनाई छ ।

    ‘पछिल्लो समय पार्टीभित्र यस्तो पनि देखिन थाल्यो कि पार्टी सदस्य बनाइएको छ, न त उ आन्दोलनमा आउँछ न चुनावमा काम लाग्छ ? महाधिवेशनमा प्रतिनिधि बढाउनका लागि सदस्य सङ्ख्या बढाइदिने काम भयो,’ पार्टीको आन्तरिक जीवन शुद्धीकरणका बारेमा चर्चा गर्दै महासचिव पोखरेलले भने, ‘पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत हरेक पार्टी सदस्यका बीचमा पार्टी पुग्नुपर्छ र उनीहरूको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्नुपर्छ । उनीहरू पार्टीप्रति प्रतिबद्ध छन/ छैनन् बुझेर मात्रै सदस्यता नवीकरण गर्नुपर्छ । चुनावका बेला कसलाई नेता बनाउने भन्ने ढङ्गले सङ्ख्या पुर्याउनका लागि सदस्य बनाउने कुरा अब एमालेमा अन्त्य हुनुपर्छ । मिसन ग्रासरुटको एउटा मुख्य उद्देश्य यो हो ।’

    Advertisement

    पार्टी जीवनका लागि युवा र नयाँ पुस्ताको सहभागिता अत्यन्त आवश्यक हुने वताउँदै महासचिवले भने, ‘अहिले जहाँ जानुस् हाम्रो पार्टीमा ४० बर्ष उमेर कटेका नेताहरूको बाहुल्यता देखिन्छ । युवा भेटियो, आयो भने खुशी हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ । यो स्थिति हाम्रो पार्टीको विकासका लागि बाटो रोकिएको स्थिति हो । हामीले हाम्रो पार्टीको महाधिवेशनबाट तीन पुस्ताको संयोजन भएको पार्टी हुने छ भन्यौं त्यो भनेको हाम्रो पार्टी र पार्टीले गर्ने कुनै पनि कार्यक्रममा १८ देखि ४० बर्ष उमेर समूहका युवा कम्तीमा एकतिहाई हुनुपर्छ भनिएको हो ।’

    दुनियाँमा हरेक राजनीतिक क्रान्तिले क्रान्तिसँगै नेतृत्वको पनि निरुपण गर्ने गरेको चर्चा गर्दै महासचिव पोखरेलले नेपालमा २०६२/६३ को क्रान्तिले राजतन्त्रको अन्त्य गर्यो, एक प्रकारले हाम्रो समाजलाई सामन्तवादबाट पूँजीवादमा प्रवेश गरायो । तर यस क्रान्तिले नेतृत्वको प्रश्न हल गरेको छैन उनले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »