५ फाल्गुन, बर्दिया । बर्दियामा दुई जना अदालतबाट सजाय पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको फैसला आदेशले लागु औषध (ब्राउन सुगर) र चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई शुक्रबार प्रक्राउ गरेको प्र.स.ह. हरि नारायण ओलीले जानकारी दिए ।
Advertisement
उनका अनुसार लागु औषध (ब्राउन सुगर) मुद्दामा बर्दियाको गुलरिया नगरपालिका -११ का राजेन्द्र प्रसाद कुर्मी र चोरी मुद्दामा बर्दियाको बाँसगढी नगरपालिका -०६ का सुदिप गुरुङ रहेका छन ।
कुर्मीलाई जिल्ला अदालत बर्दियाको २०७८ चैत २९ गतेको फैसलाले २ बर्ष ४ महिना २७ दिन कैद र चार सय रुपैँया जरिवाना तोकेको थियो ।
Advertisement
यस्तै, गुरुङलाई जिल्ला अदालत बर्दियाको गत असार १४ गतेको फैसलाले २ महिना ५ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकेको थियो ।
उनीहरुलाई प्रहरीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएको जनाएको छ ।
टिप्पणीहरू