५ फाल्गुन, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको ४१ औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।
नेरेसो बेतहनी उपशाखाको आतिथ्यतामा आयोजित सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए ।
Advertisement
उनले ‘जहाँ विपत्ती त्यही रेडक्रस’ सम्बोधन गर्दै यसले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने आशा सहित मन्तब्य व्यक्त गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताए ।
Advertisement
नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्ष देखि समुदाय संग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकार संग प्रत्येक्ष समन्वय गर्दै आएको जानकारी दिए ।
Advertisement
रेडक्रस बाँके तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्येक्ष लाभान्वित भएको तथ्यांकगत विवरण सभा समक्ष पेश गरे ।
रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक वर्ष २०७८/२०७९ बार्षिक रु. २ करोड ४२ लाख ३४ हजार ४५२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आ।ब। २०८०/२०८१ को रु. ३ करोड ५२ लाख २२ हजार ३ सय ७४ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
Advertisement
४१ औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, रक्तसंचार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान पुर्याएका भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. राजन पाण्डे र रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पुर्याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्दलाई सम्मान गरिएको छ ।
रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना लगायतले शुभकामना दिएका थिए ।
नयाँ कार्यसमिति चयन
धिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत भएको छ ।
अधिवेशनबाट सभापतिमा पुनः गोवर्धन सिंह सम्झना निर्वाचित भएका छन । उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया, र सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित भएका छन ।

















टिप्पणीहरू