१२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीले दर्शकको भिडलाई आफ्नो सुमधुर गीतबाट माहोल तताएका थिए ।
Advertisement
उनीहरुले आफ्ना बेजोड प्रस्तुतिका साथ महोत्सवको माहोल तताएका थिए । आफ्ना चर्चित ट्रेन्डिङ्गमा रहेका गीतहरु दर्शक समक्ष प्रस्तुत गर्दै उनीहरुलाई भरपुर्ण मनोरञ्जन गराएका हुन ।
बिद्यार्थीहरुको लागि महोत्वपूणर् दिनका रुपमा मनाईने सरस्वती पूजाको अवसर पार्दै अत्याधिक विद्यार्थीहरु सहित आम दर्शकले मनोरञ्जनका लागि नेपालगञ्ज महोत्सवलाई रोझेका थिए । आज करिब २० हजार भन्दा बढी दर्शकहरु महोत्सवमा अवलोकन गरेका प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
Advertisement
दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने, कुस्ती प्रतियोगिता हेर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनुहुने आयोजकले बिश्वास लिएको छ । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । दर्शकले बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्नुका साथै बाल उद्यान, स्टल अवलोकन गरेर भरपुर्ण आनन्द उठाईरहेका एक दर्शकले बताए ।
महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउछन् ।
Advertisement
बिहीबार दर्शकको अत्याधिक चापका कारण व्यापारमा प्रवद्र्धन भएपछि व्यापारी झन बढी उत्साहित भएका देखिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

















टिप्पणीहरू