Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘प्रेम’को सम्झनामा नेपालगञ्जमा दिपप्रज्वलन, आज सम्पूर्ण उद्योग, व्यवसाय बन्द रह्ने

    १२ माघ, बाँके । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा बाँकेको नेपालगञ्जमा दिपप्रज्वलन गरिएको छ ।

    नेपालगञ्ज स्थित त्रिभुवन चोकमा बिहीबार साझ दिपप्रज्वलनका साथै मौन धारण गरीएको थियो । नेपालगञ्जका व्यापारीहरुको अगुवाईमा त्रिभुवन चोकमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरीएको स्थानिय व्यापारी विवेक श्रेष्ठले बताए ।

    Advertisement

    यसैगरी दिपप्रज्वलन कार्याक्रममा व्यपारीक अगुवा तथा नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेका पुर्व वरिष्ट सदस्य ललितकुमार रौनियारले बंैकको तनावलाई आचार्यले थेग्न नसकेर सम्पुणर् व्यपारीहरुको प्रतिनिधिपात्रको रुपमा आफुलाई दहन गरेको हुदाँ आचार्याको त्यागलाई आवव्यपारी सबैको भएको हुदाँ यसमा सबैले ध्यान दिनु पर्ने बताए ।

    यस्तै आचार्यको संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास पछि उपचारका क्रममा भएको निधनको शोकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले आज बिहिवार सम्पूर्ण उद्योग, व्यवसाय बन्द गर्ने निणर्य गरेको छ ।

    Advertisement

    साथै आज बिहान १० बजेदेखि १ बजेसम्म धम्वोझीचोकमा शोकसभा गर्ने निणर्य गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »