५ माघ, बाँके । बाँकेको नेपालगञ्ज स्थित सिमानाका जमुनाहबाट लागू औषध (ब्राउन सुगर) सहित एक युवकलाई प्ररहीले पक्राउ गरेको छ ।
बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहबाट दाङको घोराहि उपमहानगरपालिका १४ नयाँ बजारका १९ वर्षिय महेन्द्र बुढा मगरलाई सिमानाकामा खटिएको प्रहरीले ९ ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।
Advertisement
उनले दिएको जानकारी अनुसार सिमानाकामा प्रहरी चेकपोष्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलिले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका मगरलाई चेकजाँच गर्दा उनले लगाएको पाईन्टको गोजिमा लुकाई छिपाई ल्याउदै गरेको खैरो ब्राउन सुगर जस्तो देखिने धुलो पादार्थ ९ ग्राम लागू औषध फेला पारी नियन्त्रणमा लिईएको र उनी माथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।
टिप्पणीहरू