Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ज्यान मार्ने उद्योग मुद्दामा फारर रहेका राजापुरका रईस ७ महिना पछि पक्राउ

    ५ माघ, बर्दिया । सम्मानित जिल्ला अदालत बर्दियाबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन ।

    अदालतको असार २९ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा सात बर्ष ११ महिना पाँच दिन कैद र एक लाख जरिवाना सजाय तोकिएका राजापुर नगरपालिका ४ का रईस अहमद सिद्धिकीलाई सात महिना पछि पक्राउ परेका छन ।

    Advertisement

    उनलाई जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले आज घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्र.स.ह. हरि नारायण ओलीले जानकारी दिए ।

    उनलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »