Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शैक्षिक संस्थाहरूमा साताको २ दिन बिदाको सूचना भ्रामक, मन्त्रालयकाे ध्यानाकर्षण

    १८ चैत्र, काठमाडौँ । शैक्षिक संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा हुने भनी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको नाम र लोगो दुरुपयोग गर्दै शनिबार र आइतबार दुई दिन विद्यालय बिदा हुने भनी बुधबार फैलाएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    Advertisement

    उक्त सूचनामा कुनै सत्यता नभएको मन्त्रालयले जनाएको हो । मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी आधिकारिक जस्तो देखिने गरी बनाइएको सो सूचनाले आम विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूमा अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्ता भ्रामक कुराको पछि नलाग्न सबैमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले अनुरोध गरेका छन् ।

    मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्नु गम्भीर अपराध भएको ठहर गरेको छ। यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »