Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ, नियन्त्रण लिन ३ राउण्ड हवाई फायर

    १७ पुष, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर नजिकै लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा बाँके प्रहरीले भारतको उत्तर प्रदेशको बहराईच जिल्ला रुपैडिया थाना बस्ने बर्ष ३५ को इलिहास अहमदलाई बुधबार नियन्त्रणमा लिएको हो ।

    Advertisement

    लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न इलियासलाई खानतलासी गर्ने क्रममा प्रहरी टोली माथि नै आक्रमण गरी भागि फरार हुन खोज्दा उनलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराए ।

    उनको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २८० ग्राम १६० मिलिग्राम बरामद गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    8

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »