Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दुर्गा प्रसाईं नेतृत्वको समूहसँग बालुवाटारमा वार्ता, विरोधका सबै कार्यक्रम फिर्ता

    PHOTO: LOKANTAAR

    ७ मंसिर, काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् ।

    सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधि बीच शनिवार बालुवाटारमा भएको वार्ता पछि आइतबारबाट गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता भएका हुन ।

    Advertisement

    वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

    सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र समूहको तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका थिए ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »