२१ असोज, काठमाडौँ । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी बुझेको छ ।
ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग सहित जनेजी आन्दोलनका मृतक र घाइतेका परिवार मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पुगेका थिए ।
Advertisement
मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिका कुमारी चौधरीले जाहेरी दिएका छन् ।
उनीहरूले दिएको जाहेरी प्रहरीले बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए ।
Advertisement
दुई दिने आन्दोलनका क्रममा जति पनि भौतिक र मानवीय क्षतिसँग भएका छन् त्यससँग सम्बन्धित सूचना तथा निवेदन जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएको एसपी भट्टराईले बताए ।
टिप्पणीहरू