Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साउन महिनाको आज पहिलो सोमबार

    ५ साउन, बाँके । साउन महिनाको आज पहिलो सोमबार । साउन कृष्ण पक्षको एकादशी तिथि । सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन् ।

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

    Advertisement

    साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामना सहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »