६ असार, काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरिएको पद संख्या वृद्धि गरेको छ ।
यसअघि माग गरिएको १,१६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १,८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुने प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
Advertisement
प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि यो निर्णय गरिएको जनाएको छ ।
टिप्पणीहरू