Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पश्चिम नेपालमा रातिदेखि नै ठूलो पानी, यी प्रदेशमा दिउँसो वर्षा हुने

    ६ असार, काठमाडौँ । पश्चिम नेपालका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायत ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ लगायत आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।

    Advertisement

    ठूलो पानी परेसँगै ती आसपासका क्षेत्रमा रहेका नदी तथा खोलामा बाढी आएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको हो ।

    महाशाखाका अनुसार देशका केही भूभागका आज वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    Advertisement

    यस्तै, आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कोशी र मधेशका तराईका भू–भागका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल कोशी, मधेश, वाग्मती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ ।

    Advertisement

    साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »