Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘ठिकै छ मेरी प्रिय’ गीत सार्वजनिक – भिडियो सहित

    राजेन्द्र महतो
    ६ असार, काठमाडौँ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा ‘ठिकै छ मेरी प्रिय’ गीत आज शुक्रबार सार्वजनिक भएको छ ।

    गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ‘ठिकै छ मेरी प्रिय’ गीत सार्वजनिक भएको हो । गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    Advertisement

    गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय गरेका हुन । गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो र साउण्ड मिल स्टुडियोमा गरिएको हो ।

    गीतको निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बरालद्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् । गीतको, मिक्सर मास्टरिङ महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेका छन् भने गीत र संगीत शेखर ठकुरीको रहेको छ

    Advertisement

    गीतको सिनेमेटोग्राफी साजन ठाकुर, रंग राजेन्द्र मोक्तान, भि एफ एक्स सत्यम राणा, ग्राफर नरेश अधिकारी, फोकस निरञ्जन थापा तथा भिडियो कन्सेप्ट ड्रागन मोशन पिक्चर रहेको छ ।

    Advertisement

    यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएकोले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »