Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज उपमहानगरले अनुदानमा धानको बीउ वितरण गर्दै

    १२ जेठ, बाँके । जेठ महिना अर्थात यति बेला किसानले धान खेतीको तयारीमा जुटेका छन् । खेत बिउ राख्नका लागि जोतगोड, बीउ तथा मलको व्यवस्थापन गर्न थालेका छन् ।

    यस बीच किसानहरुको राहतका लागि नेपालगञ्ज उपमहानगरले अनुदानमा बीउ उपलब्ध गराउने भएको छ । धान रोपाइँको सिजन नजिकिँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाले किसानहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण सुरु गरेको छ ।

    Advertisement

    नगरले किसानहरूबाट प्राप्त मागअनुसार तीन प्रकारका उन्नत जातका बीउ उपलब्ध गराउने तयारी थालेको उपमहानगरका उप–प्रमुख कमरुद्दिन राईले जानकारी गराए ।

    बीउ वितरणका लागि आवश्यक तयारी पूरा भइसकेको उनले बताए । उनले भने, ‘हामीले किसानको मागअनुसार बीउ छानिसकेका छौं र अब छिट्टै औपचारिक निर्णयपछि वितरण थालिनेछ ।’

    Advertisement

    राधाच्यार, रामधान र श्यामा मनसुली जातका धान बीउ किसानको माग र यहाँको जलवायुअनुसार छानिएको उपमहानगरले जनाएको छ ।

    यसपालि किसानहरूले करिब ३२ हजार टन बीउको माग गरेका थिए, तर आर्थिक सिमितताका कारण हाल १५ हजार टन मात्र वितरण हुने उपमेयर राईले स्पष्ट पारे ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »