Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बसको ब्रेक फेल हुँदा सात जनालाई ठक्कर, तीन जनाको मृत्यु

    १३ जेठ, काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरमा बसको ठक्करबाट तीन जनाएको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

    थाहा नगरपालिका–३ मा सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित भएको थियो । अनियन्त्रित बसको ब्रेक फेल हुँदा सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

    Advertisement

    दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।

    दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »