७ जेठ, बाँके । बाँकेको नेपालगञ्जमा जारी प्रथम प्रदेश सभा सदस्य क्रिकेट प्रतियोगिता २०८२ को उपाधि नेपालगञ्ज उपमहानगरपालिका वडा नं.५ ले जितेको छ।आज नेपालगञ्ज २३ भज्जुपूर्वा स्थित मैदानमा भएको अन्तिम फाइनल खेलमा नेपालगन्ज वडा नं.१६ लाई हराउँदै वडा नं.५ विजयी भएको हो।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र भेरी रकर्स स्पोट्र्स क्लबको व्यवस्थान र आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो।
Advertisement
प्रतियोगिताको विजेता टोलीलाई एक लाख रुपैयाँ, आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता टोली लाई पचास हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको हो ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपालगञ्ज–५ का शाहबाज खान भएका छन्, खान लाई ट्रफी सहित दश हजार प्रदान गरिएको छ,साथै उत्कृष्ट बलर नेपालगञ्ज ५ का दानिस खान र उत्कृष्ट ब्याट्सम्यान नेपालगन्ज १६ का अय्यूब अन्सारी लाई ट्रफी सहित ५/५ हजार पुरस्कार प्रदान गरिएको हो।
Advertisement
कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य भण्डारी लाल यादवले प्रतियोगिताका विजेता टोलीलाई बधाई दिँदै उपविजेता टोलीलाई उत्कृष्ट प्रदर्शन गरेको व्यक्त गरे । भज्जुपुर्वा खेलमैदानमा खेलाडीहरु जम्मा हुने र यस प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन भएको विश्वास व्यक्त गर्दै आफू ले विनियोजन गरेको बजेटलाई सामाजिक विकास डिभिजन कार्यालय मार्फत सही ढंगले व्यवस्थापन गरेको प्रति धन्यवाद व्यक्त गरे ।
समापन समारोहमा बोल्दै आयोजक संस्थाका अध्यक्ष मोहम्मद साजिद खान ले यो प्रतियोगितालाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता खेलहरु मार्फत खेलाडी हरु लाई सामाजिक अभियानमा जोड्ने र खेललाई एउटा सामाजिक सदभाव र मेलमिलापको विषयमा जिकिर गर्नु भयो।साथै हरेक जात धर्म वर्ण लाई एकआपसमा मेलमिलाप र आपसी भाईचारा संदेश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।
Advertisement
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष मजहर अली साई, वडा नं.२२ का अध्यक्ष अब्दुल गफ्फार हलावाई, वडा नं.२३ का अध्यक्ष अब्दुल जबर अली बेहना, डूडूवा गाउँपालिका वडा नं.५ का अध्यक्ष झन्क बहादुर थापा ६ का अध्यक्ष मोहन राम मिश्र, इलाका प्रहरी कार्यकाल हिरीमिनियाका इन्चार्ज भीम रावत, जसपा बाँकेका युवा नेता राजेन्द्र विश्वकर्मा, जसपा क्षेत्र २ का अध्यक्ष उमेश कुमार यादव, लगायत का विशिष्ट व्यक्तित्त्व हरुको उपस्थिती रहेको थियो।
टिप्पणीहरू