२८ बैशाख, काठमाडौँ । भारत र पाकिस्तान बीच शनिवार युद्धविरामको सहमति भएको छ । दुवै देशका सैन्य महानिर्देशक बीच भएको टेलिफोन वार्तामा युद्ध रोक्ने सहमति भएको पनि कार्यान्वयनमा चुनौती देखिएको हो ।
दुवै पक्षले जमिन, आकाश र समुद्र सबैतिरको गोलाबारी र सैन्य कारबाही रोक्ने तथा कुनै तटस्थ ठाउँमा वार्ता गर्न सहमत भएका थिए । तर सीमापार ड्रोन हमला र गोलाबारी नरोकिएका कारण युद्धविरामको कार्यान्वयनमा चुनौती देखिएको छ ।
Advertisement
दुई देश बीच अर्को वार्ता सोमवार हुने गरी युद्धविरामको सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
युद्धविरामको सहमति भएको केही घण्टामै शनिवार बेलुका जम्मूकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका छन् । लगत्तै भारतले दुई देश बीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ ।
Advertisement
भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उनले बताए ।
विदेश सचिव मिश्रीले पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको बताए । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।
टिप्पणीहरू