Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज लुम्विनी प्रदेश सहितका स्थानमा हावाहुरी र वर्षाको सम्भावना

    फाइल तस्बिर

    २८ बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    महाशाखाले आज विहान जारी गरेको बुलेटिन अनुसार अहिले मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    Advertisement

    यस्तै, आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ ।

    मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

    Advertisement

    यस्तै, आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »