४ बैशाख, बाँके । बाँकेको कोहलपुरबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–५ शान्तिनगरस्थित खाली घरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब एक सय ८० मिलिग्राम सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने २८ वर्षीया दिपिका पुन मगर र बाँके कोहलपुर नगरपालिका–५ बस्ने १९ वर्षीय अनुस परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको हो ।
टिप्पणीहरू