Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कोहलपुर–८ नयाँबस्तीबाट ब्राउनसुगर सहित ३ जना पक्राउ

    ४ बैशाख, बाँके । बाँकेको कोहलपुर नगरपालिका–८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सागर विक, २० वर्षीय रंजित बस्नेत र २० वर्षीय कृष्ण चदारा रहेका छन् ।

    Advertisement

    अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    साथै थप सोधपुछको क्रममा कृष्ण चदाराको घरमा समेत लागूऔषध रहेको भन्ने खुल्न आएपश्चात कृष्णको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।

    Advertisement

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »