Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संरक्षणको अभावमा कान्तिताल, भौतिक संरचना जीर्ण

    ५ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगपालिका वडा नम्बर २१ र २२ को सिमानामा पर्ने कान्तिताल वरिपरी लगाइएको वाल र रेलिङ भत्काइएको छ ।

    नगरले करोडौं खर्चेर निर्माण गरेको कान्तिताल वरपर लगाइएको इँट्टाको वाल भत्काइएका छन् । रेलिङमा लगाइएको पाइप समेत चोरी भएका छन् ।

    Advertisement

    नगरले चासो नदेखाउदा केही समय अगाडि सुन्दरताको बखान पाएको कान्तिताल विस्तारै कुरुप देखिन थालेको छ । ताल परिसरमा लगाइएका लाईट समेत रातीको समयमा बल्न छाडिसकेका छन् ।

    Advertisement

    सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल संरक्षरणको अभावमा रहेको जनप्रतिनिधिले नै बताउँछन् ।

    पटक पटक नगरसभामा कान्तिताल संरक्षणको विषय उठाइरहदा समेत मेयर प्रशान्त विष्टको ध्यान पुग्न नसकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का अध्यक्ष राजकुमार साहुले बताउँछन् ।

    Advertisement

    उनले नाईल खबर संग भने, ‘मैले नगरपरिषद्मा मञ्चबाटै कान्तिताललाई व्यवस्थित गर्ने विषय उठाएको हो । मैले यहाँ सम्म भने की ठेक्का पाएको ठेकेदारले संरचनाको संरक्षण गर्न सक्दैन भने ठेक्का समेत रद्द गर्नुपर्छ ।’

    Advertisement

    उनले लाभ लिने ठेकेदार र त्यसबाट आम्दनी स्वरुप आउने राजश्व नेपालगञ्ज उपमहानगरपालिकालाई जाने भएपछि त्यसको संरक्षणको दायित्व कस्ले लिने ? प्रश्न समेत उठाएका छन् । उनले सम्झौता अनुसार संरक्षणको दायित्व प्रष्ट्याई दिने र संरक्षण गर्न नसकेको अवस्थामा ठेक्का रद्द गर्ने माग गरेका छन् ।

    ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउने गरी ठेक्कामा दिइएको भएपनि त्यसको सुरक्षा र संरक्षण हुन सकेको छैन् । संरक्षणको जिम्मा ठेकेदार पक्षकै हो ।

    नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । जसअनुरुप ताल वरिपरि पर्खाल, रेलिङ र ताललाई परिक्रमा गर्ने फुटपाथ र नाली सहितको सडक निर्माण गरिएको थियो ।

    यस अघि पनि मिडियाले तालको संरचनाको विषयमा लेखिरहँदा मेयर प्रशान्त विष्टले रातको समयमा लागूऔषध दुर्व्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गर्दै त्यस्ता गतिविधि रोक्न ठेकेदार पक्षलाई सचेत गराइएको बताए पनि भौतिक संरचनाको अवस्था जीर्ण हुँदै गएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »