२६ फाल्गुन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ ।
भन्सार विभागले यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।
Advertisement
पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ ।
यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन । यो खबर गोरखापत्रमा छ ।
टिप्पणीहरू