२६ फाल्गुन, काठमाडौँ । सिकाइ सम्बन्धी कमजोरी भएकी एक अटिस्टिक महिलालाई गलत तरिकाले ४५ वर्षसम्म मानसिक स्वास्थ्य अस्पतालमा थुनेर राखिएको बीबीसीले जनाएको छ । उनलाई त्यसरी राख्दा उनी जम्मा सात वर्षकी थिइन् ।
सियरा लिओनको भएकी ठानिएकी ती महिलालाई स्थानीय निकायले उनको परिचय जोगाउनका लागि कसिब्बा नाम दिएको थियो । उनलाई २५ वर्षसम्मका लागि अलग्गै राखिएको थियो ।
Advertisement
कासिब्बा बोल्न सक्दिनन् र उनका लागि बोलिदिने परिवार पनि थिएन। मनोरोग चिकित्सकले उनको रिहाइको लागि भएको ९ वर्ष लामो संघर्ष कसरी सुरु भएको थियो भनेर बताए ।
डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केएरले धेरै अपाङ्गता भएका मानिसहरूलाई अझै पनि मानसिक स्वास्थ्य अस्पतालमा राखिनु अस्वीकार्य भएको र मानसिक स्वास्थ्य ऐनमा हुने सुधारले त्यसरी अनुपयुक्त रूपमा राख्ने काम बन्द हुने आशा गरिएको जनाएको छ ।
Advertisement
इङ्ग्ल्यान्डका मानसिक स्वास्थ्य अस्पतालहरूमा २,००० भन्दा बढी अटिस्टिक र सिकाइमा समस्या हुनेहरूलाई अझै पनि थुनेर राखिएको छ र त्यसमा करिब दुई सय बालबालिकाहरू रहेका छन् । बीबीसीमा खबर छ ।
टिप्पणीहरू