५ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा आजदेखि हात्तीपाइले रोग विरूद्धको औषधी सेवन अभियान सुरू भएको छ ।
२ वर्ष भन्दा माथिका सबैले स्वास्थ्यकर्मीको निगरानीमा उल्लेखित मात्रामा औषधी सेवन गर्नुपर्ने गरी अभियान थालिएको हो ।
Advertisement
वडासचिव सूर्य नेपालीका अनुसार यसअघि नेपालगञ्ज २१ मा गरिएको एन्टिजेन परिक्षणमा अधिकांश स्याम्पलमा पोजेटिभ देखिएको थियो ।
आज नेपालगञ्ज २१ को वडा कार्यालयमा औषधी सेवनको सुभारम्भ गर्दै वडाध्यक्ष राजकुमार साहुले यस पटक सबैले औषधी सेवन गरेर रोग निवारणमा सहयोग गर्न अपिल गरेका छन ।
Advertisement
वडाध्यक्ष, वडा सदस्य, वडा सचिव, स्वयमसेविका लगायतले औषधी सेवन गरेर अभियान शुभारम्भ गरेका हुन ।
अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न नेपालगञ्ज २१ वडा कार्यालयले औषधी सेवनको कार्ड समेत लागू गरेको छ । वडाकार्यलय मातहत स्वास्थ्य चौकी मार्फत कार्ड वितरणको व्यवस्था मिलाएको वडाध्यक्ष साहुले जानकारी गराए । उनले यो नेपालगञ्जकै नमुना कार्य रहेको बताएका छन ।
Advertisement
औषधी सेवन अभियान एक महिनासम्म चल्ने वडासचिव नेपालीले जानकारी गराए । देशका ७६ वटा जिल्ला हात्तीपाइले मुक्त हुँदा बाँकेका ३ पालिकामा मात्र भेटिएको छ ।
टिप्पणीहरू