Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित

    २८ पुष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृह रवि लामिछाने आज विहान जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।

    लामिछाने माथि काठमाडौँमा सहकारीको रकम अपचलन गरेको कसुरमा मुद्दा छ । उनीविरुद्ध पोखरा, चितवन तथा बुटवलमा पनि सहकारीको रकम अपचलनको मुद्दा छ ।

    Advertisement

    कास्कीबाट धरौटीमा छुटेका लामिछाने शुक्रबारै जिल्ला अदालत काठमाडौँ हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए पनि त्यसको दुई दिनपछि मात्रै अदालतमा उपस्थित भएका हुन् ।

    लामिछाने माथिको मुद्दामा जिल्ला अदालत काठमाडौं आजैदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

    Advertisement

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »